मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि


काठमाडौं- वीरगन्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मृतक बारा, परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ। बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगन्ज हेल्थ केयर अस्पताल लगिएको थियो।

त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो।