मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच दिनपछि पृथ्वी राजमार्गको एकतर्फी बाटो खुल्यो

पाँच दिनपछि पृथ्वी राजमार्गको एकतर्फी बाटो खुल्यो


काठमाडौं– खोलाको कटानले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पाँच दिनपछि खुलेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० मौवा खोला पुल छेउको सडकखण्ड खोलाले कटान गरेपछि ५ साउनदेखि आवतजावत बन्द भएको थियो।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सडक मर्मतपछि सवारी साधनको आवागमन सुरु भएको जानकारी दिए।

‘बाढीले भत्काएको पुलको पर्खाल मर्मतको काम अहिले पनि जारी छ,’ उनले भने, ‘अहिले एकतर्फी रुपमा सवारी सञ्चालन शुरु भइसकेको छ।’ प्रमुख जिल्ला अधिकारी तामाङले दुईतर्फी आवागमन हुन केही समय लाग्ने बताए।

बाढीले मौवा खोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक कटान गरेको थियो।

सडक डिभिजन कार्यालय भरतपुर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयको सक्रियतामा बाढीले बगाएको सडकमा माटो र ग्याबियनमा ढुङ्गा भर्ने काम भइरहेको छ।

– नेपाल समय