अछाम ।
नेपालका बिभिन्न ३४ जिल्ला भन्दा बढीमा गठित दारी ग्याङ सामाजिक कार्यमा क्रियाशिल हुदैँ आएको छ । समाजसेवाको भावनाले गाँउठाँउमा अप्ठेरोमा परेकालाई सहयोग, रक्तदान, बृक्षारोपण, सरसफाई, विभिन्न क्याम्प लगायतका कार्यमा दारी ग्याङ सक्रिय रहेको छ ।
यहि अवसरमा केही महिना अघि मात्र अछाम जिल्लामा पनि गठन भएको दारी ग्याङले आफ्नो सामाजिक क्षेत्रको कार्यलाई अगाडी बढाएको छ । ग्याङ अछामले आ’त्म’दाह गरि स्वर्गिय भएका सिदार्थ आउजीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
ग्याङका संयोजक उमेश कुवँरको नेतृत्वमा गएको एक टोलीले आउजीका परिवारलाई राहत स्वरुप २४ हजार २० रुपयाँ आर्थिक सहयोग गरेको हो । लकडाउनले गर्दा अन्य काम गर्न नपाएको भन्दै संयोजक कुवँरले अब ग्याङले सक्रियता बढाउने उल्लेख गरे ।
सोही कार्य अनुरुप शनिबार आउजीका परिवालाई आर्थिक सहयोग गरिएको संयोजक कुवँरले बताए । दारी ग्याङ अछामले आगामी दिनमा पनि समाजमा यस्तै रचनात्मक र सकरात्मक प्रभाव पर्ने खालका काम गर्दै जाने संयोजक कुवँरको भनाई छ ।
छोटो समयमै दारी ग्याङ अछामले जिल्लामा राम्रो र सकरात्मक कामको सुरुवात गरेको आर्थिक सहयोग हस्तान्त्ररण कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले प्रतिक्रिया दिए । सकरात्मक कामका लागि महासंघ अछाम जहिले पनि साथमा रहने अध्यक्ष खत्रीको भनाई थियो ।
आर्थिक सहयोग ग्याङका पदाधिकारी र केहि अन्य बाट संकलन गरि हस्तानत्ररण गरिएको थियो भने कार्यक्रममा ग्याङका पदाधिकारी लगायतको सहभागिता रहेको सदस्य दिलिप साँउदले जानकारी दिए ।
प्रतिक्रिया