काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ। यो कुल संंक्रमितको ७०.६ प्रतिशत हो। नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।
प्रदेश १ बाट ७७५ जना, प्रदेश २ बाट दुई हजार ८९८ जना, बागमती प्रदेशबाट ४६८ जना निको भएका छन्।
यस्तै गण्डकी प्रदेशबाट एक हजार २५ जना, प्रदेश ५ बाट तीन हजार ९०० जना, कर्णालीबाट एक हजार ५८५ जना र सुदूरपश्चिमबाट दुई हजार ३०२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
कोरोनाबाट सक्रिय संक्रमितको संख्या ५ हजार ३८५ छ। शनिबारसम्म काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। – नेपाल समय
प्रतिक्रिया