मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना नियन्त्रणमा प्रभावकारी काम भएन : कांग्रेस महामन्त्री खड्का

कोरोना नियन्त्रणमा प्रभावकारी काम भएन : कांग्रेस महामन्त्री खड्का

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले कोरोना नियन्त्रणमा प्रशस्त समय पाए पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । कांग्रेसको तरुण विभागले आज यहाँ आयोजना गरेको ‘नवनियुक्त विभागका सदस्यको शपथग्रहण’ कार्यक्रममा उनले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, “सरकार कोरोना नियन्त्रणभन्दा पार्टीभित्रको आपसी झगडामा रुमल्लिएको छ ।” सरकारले जनतालाई राहत, क्‍वारेन्टिन, औषधि उपचारको राम्रो व्यवस्था गर्न नसकेको उनको भनाइ छ ।

महामन्त्री खड्काले पार्टीको मेरुदण्ड तरुण विभाग भएको बताउँदै विभागले पार्टीको सिद्धान्त, आदर्शलाई युवामाझ लैजाने विश्वास व्यक्त गरे । पार्टीभित्र गुटको समस्या देखिएको भएको भन्दै उनले सबै मिलेर पार्टीलाई सुधार गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्‍कर भण्डारीले व्यक्तिलाई होइन पार्टीलाई बलियो बनाउन तरुण विभाग लाग्‍नुपर्ने बताए । “देशभरका युवालाई विभागले गोलबन्द गरेर सरकारको गलत क्रियाकलापविरुद्ध खबरदारी गर्नुपर्छ,” उनले भने ।

नेता भण्डारीले सङ्‍गठन विस्तार र मुलुकको समृद्धिका लागि विभागले काम गर्ने उल्लेख गरे । भर्खरै विस्तार भएको तरुण विभागमा संयोजकसहित २४ सदस्य मनोनीत गरिएको छ । –रासस