मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहले भन्यो – मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नू

गृहले भन्यो – मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नू


प्रतिकात्मक तस्बिर ।

काठमाडौं । गृह मन्त्रालयले सामाजिक दूरी कायम गराउन, मास्क सेटिनाइजरको प्रयोगमा कडाइ गर्न निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयसहित देशभर जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरीएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्नेतर्फ पनि सचेत गराइएको छ । 

गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएको छ ।