मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३० कोरोना संक्रमित थपिदा, ७५ जना डिस्चार्ज भए

१३० कोरोना संक्रमित थपिदा, ७५ जना डिस्चार्ज भए


काठमाडौं । नोभेल कोरोना भाइरसका १३०  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३० संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । पछिल्लो २४ घण्टामा जना ७५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट १३  हजार १२८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।हालसम्म देशभरबाट ७०  दशमलव ५  प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा  प्रयोगशालाबाट तीन हजार तीन सयको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म देशभरका १७ हजार ९०३ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर कोरोना भाइरसको संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ । 

गत साताको कोरोना संक्रमणको ग्राफ

गत साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताएका थिए । 

त्यसैगरी लकडाउनको अन्तिम दिन मंगलबार १५० कोरोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए । लकडाउन खुलेको पहिलो दिन बुधबार देशभर १०० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २० जना डिस्चार्ज भएका थिए । 

त्यसैगरी बिहीबार १४७ जना संक्रमित थपिएका थिए भने १५६ जना डिस्चार्ज भएका थिए । शुक्रबार देशभर १३३ जना कोरोना संक्रमित थपिँदा १०७ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर १०९ संक्रमित थपिँदा १०६ जना डिस्चार्ज भएका थिए । – बारह्खरी