मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस यूनियन केन्द्रिय सदस्य र जनसम्पर्क समिती सचीव कुवँरद्धय कांग्रेस अछामको जिल्ला कार्य समितिमा मनोनित

प्रेस यूनियन केन्द्रिय सदस्य र जनसम्पर्क समिती सचीव कुवँरद्धय कांग्रेस अछामको जिल्ला कार्य समितिमा मनोनित

पार्टीका लागि महत्वपुर्ण योग्दान गरेकाले मनोनित गरिएको सभापति स्वाँरको भनाई


संगठनका लागि महत्वपुर्ण योग्दान गरेकाले मनोनित गरिएको सभापति स्वाँरको भनाई, संगठन निर्माणमा भुमिका ससक्त हुने मनोनित सदस्य कुवँरको प्रतिक्रिया ।

अछाम ।

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्यमा मनोनित भएका छन् । पार्टीको सोमबार बसेको बैठकले कुवँरलाई सदस्यमा मनोनित गरेको हो ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष समेत रहेका कुवँरलाई जिल्ला कार्य समितीको सदस्यमा मनोनित गरिएको सहसचिव एवं प्रबक्ता बेद प्रकाश तिमिल्सैनाले जानकारी दिए । संगठनका लागि निरन्तर क्रियाशिल भएका कुवँरको मुल्यांकन गर्दै जिल्ला सदस्यमा मनोनित गरिएको पार्टी सभापति भरत कुमार स्वाँरले बताए ।

पार्टीले आफ्नो क्रियाशिलताको मुल्यांकन गरेर जिल्ला कार्य समितीमा ल्याएकोमा खुशी व्यक्त गर्दै कुवँरले आफ्नो पत्रकारीता संगको साईनो कायमै रहने सुदूरआजलाई प्रतिक्रिया दिए । पार्टीलाई थप ससक्त बनाउन यसअघिका दिन भन्दा बढी आफ्नो तर्फबाट भुमिका निवार्ह गर्ने समेत कुवँरले प्रतिवद्धता व्यक्त गरे ।

यस्तै साँफेबगर घर भई हाल नेपाली जनसम्पर्क समिती जापानको कान्तो क्षेत्रीय समितीका सचीवमा क्रियाशिल रहेका लोकेन्द्रजंग कुवरलाई समेत कांग्रेस अछामले जिल्ला कार्यसमितिको आमन्त्रीत सदस्यमा मनोनीत गरेको छ ।

कुवँरले जापानमा बसेर भएपनि समाजसेवाका साथै संगठन बनाउन महत्वपूर्ण योग्दान दिएको भन्दै जिल्ला कार्यसमितिको आमन्त्रीत सदस्यमा मनोनीत गरिएको जिल्ला पार्टी सभापति स्वाँरले बताए । बिगतका दिन जस्तै आगामी दिनमा समेत ससक्त भुमिका खेल्न मनोनित सदस्यलाई सभापति स्वाँरले आग्रह गरेका छन् ।