मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश रोक

कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश रोक

'सशस्त्रको गस्तीमा पनि अवरोध'


‘सशस्त्रको गस्तीमा पनि अवरोध

काठमाडौं । भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन नेपाललाई पत्राचार गरेको छ ।  भारत धार्चुलाका उप जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

जुलाई १४ मा भारतले पठाएको पत्रमा भनिएको छ,“विशिष्ट स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली गुट र समूहद्वारा भारतीय क्षेत्र गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैध रुपमा चोरी छिपेर सीमा पारि आउन चाहन्छन् । मिडियाको ध्यान केन्द्रित गरेर दुवै मुलुकलाई उनीहरु सताउन चाहन्छन् ।

त्यसैले अनुरोध छ कि यस्ता प्रकारका कुनै पनि सूचना भएमा तत्काल जानकारी गराउनुहोला ।” दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले नेपाली पक्षबाट कुनै प्रकारको घुसपैठ नभएको बताए ।

उनले छाङरुमा रहेको सशस्त्र प्रहरीलाई भारतीय पक्षले गस्तीका क्रममा रोक र अवरोध गरेको बताए । उनले भने,“नेपालको नयाँ नक्सामा रहेका गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीयकै कब्जामा छन् । भौगोलिक विकटता भएकाले त्यहाँ स्थानीय जाँदैनन् ।

तर आसपासका क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गर्न खोजेपछि उनीहरुले रोक लगाएको सुनेका छौं । मुलतः उनीहरुले सशस्त्र प्रहरीलाई लक्षित गरेको देखिन्छ ।”