मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफे मार्तडी सडकको बार्जुगाड नजिकै पहिरो, यातायात अबरुद्ध

साँफे मार्तडी सडकको बार्जुगाड नजिकै पहिरो, यातायात अबरुद्ध


बाजुरा — अबिरल बर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगाड प्रहरी चौकी नजिकै भिषण पहिरो गएको छ । सोमबार राति देखी आएको अबिरल बर्षाका कारण आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले बताएका छन् ।

बार्जुगाड प्रहरी चौकी नजिकै ठुलै पहिरो गएको छ । पहिरो पन्छाउन दुईतीन दिन भन्दा बढी लाग्ने प्रहरी चौकी बार्जुगाडबाट जानकारी आएको कार्यालय प्रमुख भट्टराईले बताए । लगातारको बर्षाका कारण साफे मार्तडी सडक खण्ड पहिरोले छेदबिछेद भएको तीन हप्ता भन्दा बढी भईसकेको छ ।

साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायता सन्चालनमा थिए । चार गते ताँप्रीसेराको घट्टे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात आजबाट बार्जुगाडसम्मै रोकीएका छन् ।

यातायात बार्जुगाड नै रोकीएपछि यात्रुहरु समस्यामा परेका छन् । आज पहिरो आएको बार्जुगाड सदरमुकाम मार्तडीबाट ४२ किलोमिटरको दुरीमा पर्दछ । यात्रुहरुले ४२ किलोमिटर पैदल हिड्नु पर्ने बाध्यता भएको छ । लगातारको बर्षाका कारण सडक अबरुद्ध भएपछि सदरमुकाम लगाएतका बजारहरुमा दैनीक उपभोग्य सामानको अभाब भएको छ ।

बाजुरामा हिजो राति देखी भिषण बर्षा भई रहेको छ । जिल्ला भरि धेरै ठाउ क्षेति भएको हुनसक्ने बताईएको छ धेरै ठाउ फोन सम्पर्क नहुदा क्षेतिको बिबरण आउन नसकेको प्रहरीले बताएको छ ।  त्यसै गरी बुढिगंगा नगरपालिकै डाव भन्ने ठाउँमा पनी साफेँ मार्तडी सडकमै पहिरो आएर सडक अबरोध भएको स्थानीयले जानकारी दिएका छन । – बडिमालिकाखबर