मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढिगंगा नदि थुनियो, सचेत हुन प्रहरीको आग्रह

बुढिगंगा नदि थुनियो, सचेत हुन प्रहरीको आग्रह


बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाको नजिकै रहेको गुईगाड खोलामा बाढि आउदा बुढिगंगा नदि थुनिएको छ । गईगाड खोला निकै धेरै बढेपछी बुढिगां नदि ७५ प्रतिशत जती थुनिएको स्थानीय भरत बुढाले जानकारी दिए। नदि थुनिन थालेपछी त्यहाका स्थानीय त्रसित बनेका छन ।

Image may contain: 1 person, mountain, sky, outdoor and nature

बुढिगंगा नदि ताप्रीसेरा बगरमा थुनिन थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए । बुढिगंगा थुनीए संगै अछामसम्म असर पर्ने भएको छ । अछामको साफेँबगर सम्मका स्थानीयलाइ सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


बाजुराको बुढिगंगा नदि थुनीए संगै अछामको साफेँबगर, बुढाबगर समेत असर पुग्ने भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरि यस अघिका बर्षबाट साेही नगरपालिकाकाे द्धारीमा नदि थुनिदै आएकाे थियो ।