मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवै’द मदिरा निय’न्त्रणमा कमलबजार प्र’हरी सक्रिय

अवै’द मदिरा निय’न्त्रणमा कमलबजार प्र’हरी सक्रिय


अछाम । जिल्लाको कमलबजार नगरपालिकाको बजारमा रहेको इलाका प्रहरी कार्यालयले कमलबजारले घरेलु मदिरा नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिएको छ । एकपछि अर्को गरि प्रहरीले घरेलु मदिरा बरामदगरी सफलता हात पारिरहेको छ ।

घरेलु मदिरा स्वास्थका लागि राम्रो नभएको र सरकारले पनि यस्ता स्वास्थ्यका लागि हानिकारक मदिरा उत्पादन गर्न र गराउन नपाईने भनेपछि प्रहरीले यो अभियानलाई तिब्रता दिएको हो ।लकडाउनको समयमा पनि इलाका प्रहरी कार्यालय कमलबजारले लाखौ रकम बराबरको कमसल खालको मदिरा नियन्त्रणमा लिई सरोकारवालाको रोहबरमा नष्ट गरेको छ ।

यस्तै मंगलबार पनि कमलबजार बाट खटेको प्रहरी टोलीले तुर्माखाद गाउँपालिका वडा न ८ धमालिको पुनेपाटा बजार बाट कमसल तथा घरेलु मदिरा नियन्त्रणमा लिएको छ । स्थानीयको सहयोगमा प्रहरीले ३४ पोका कमसल खालको पोका मदिरा, १५ लिटर घरेलु मदिरा र १०५ लिटर मदिरा बनाउन तयार पारिएको कच्चापदार्थ (पास) समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको मदिरा सरोकारवालाको रोहबरमा नष्ट गरिने प्रहरीले जनाएको छ । कमसल खालको मदिरा स्वास्थ्यका निकै हानिकारक भएकाले यस्तो मदिराको कारोबार नगर्न प्रहरीले अनुरोध गरेको छ ।