मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनिल थापालाई पार्टीमा स्वागत गर्दै देउवाले भने- प्रजातान्त्रिक शक्ति एक हुन अपरिहार्य

सुनिल थापालाई पार्टीमा स्वागत गर्दै देउवाले भने- प्रजातान्त्रिक शक्ति एक हुन अपरिहार्य


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको नाममा मूलभूत अधिकार संकटमा आउने अवस्था आएको बताएका छन्।

राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापालगायत नेता-कार्यकर्तालाई पार्टी कार्यालय सानेपामा स्वागत गर्दै उनले प्रजातान्त्रिक शक्ति एक हुनु जरुरी रहेको बताए ।

उनले भने, ‘भोलि आउने चुनौती सामना गर्नका लागि पनि यो जरुरी छ।’ कार्यक्रममा उनले सुनिल थापाससँग एउटै क्याबिनेटमा काम गरेको पनि स्मरण गरे। ‘मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हो।

उहाँ राम्रो काम गर्न सक्ने मानिस हो। म धेरै खुसी छु उहाँ कांग्रेसमा आउँदा। कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्न हुन्थ्यो।’

नवप्रवेशी नेता कार्यकर्तालाई जिम्मेवारी बहन गर्न शुभकामना दिँदै देउवाले भने, ‘सबै प्रवेश गरेका साथीहरूलाई पूरा अधिकार छ। पार्टी बलियो बनाउन तपाईंहरुको भूमिका महत्त्वपूर्ण हुनेछ।’