मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेस नेताहरुको ऐक्यबद्धता

‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेस नेताहरुको ऐक्यबद्धता


काठमाडौं – दोस्रो चरणको सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुसँग नेपाली कांग्रेसका नेताहरुले भेट गरेर ऐक्यबद्धता जनाएका छन् ।

कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै सत्याग्रह सुरु गरेका उनीहरुलाई कांग्रेस नेताहरु प्रकाशमानसिंह, नविन्द्रराज जोशी, रामहरि खतिवडा, नैनसिंह महर, उदयशमशेर राणा, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी लगायतले भेटेर ऐक्यबद्धता जनाएका हुन् ।

युवाहरुले राखेको मागप्रति कांग्रेस र आफूहरुको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता​ जनाएको भेट्न गएका नेताहरु मध्येका एक नैनसिंह महरले अनलाइनमार्गलाई बताए । नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पिसिआर प्रविधिबाट परीक्षण सुरु गर्न सुरुमै सुझाब दिएको, तर सरकारले बेवास्ता गर्दै आइरहेको नेता महरको भनाई थियो ।

‘इनफ इज इनफ’ समूहका युवाहरु झण्डै दुई सातायता काठमाडौंको वसन्तपुरमा सत्याग्रहमा छन् ।