मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उर्लिएको बुढीगंगा, बर्षकै सबैभन्दा ठुलो बाढी (फोटो फीचर)

उर्लिएको बुढीगंगा, बर्षकै सबैभन्दा ठुलो बाढी (फोटो फीचर)


डन्डीराज भट्ट, अछाम – अबिरल बर्षाका कारण बुढीगंगा नदिमा यो बर्षकै सबैभन्दा ठुलो बाढी आएसगै नदिले कटान तिब्र थालेको छ । साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौ पक्कि पुल छेउछाउ देखी वडा न ७ रिडीकोटका तटीय क्षेत्रका सयौ खेति योग्य जमिन कटान गरिरहेको छ ।

मष्टामाण्डौमा रहेका नगरपालिकाको कार्यालय, पुल बजार ,एयरपोर्ट र बजार समेत उच्च जोखिममा रहेको वडाध्यक्ष बालगिरी कुँवरले बताए । तटबन्धनको लागी बिभिन्न क्षेत्रमा पहल भईरहेको उनले बताए ।

नदिमा पानिको वहाब बढेसंगै नदि आसपास नागरिकहरु त्रसित भएका छन् । नदि छेउछाउको १०० औ रोपनि जमिन कटानको उच्च जोखिममा छ । नदिमा पानिको बहाब बढ्दा साँफेबगरका दर्जनौ बस्ति तथा खेतीयोग्य जमिन बर्सेनि कटान गर्दै गईरहेको छ ।

जिल्लामा भैरहेका विकास निर्माणका कामको लागि नदिको छेउछाउबाट अनियन्त्रित रुपले ढुगां,गिट्टी,बालुवा निकाल्दा कटानको जोखिम बढेको हो । साँफेबगर नगरपालिकाले बुढीगंगा नदि र छिपेखोलाबाट बर्षै पिच्छे लाखौंको राजश्व संकलन गर्ने गरेको छ ।

तर नदि नियन्त्रणका लागि कुनै प्रयास नभएको स्थानियको गुनासो छ । यस विषयमा यहाका नागरिकहरुले पटक पटक स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराईरहदा पनि नदि नियन्त्रण तथा तटबन्धका लागि कसैले पनि दिर्घकालिन योजना बनाएको देखिदैन ।