मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्षाका कारण जिल्लामा भएको क्षति प्रति नेकपा अछामद्धारा दुख व्यक्त

बर्षाका कारण जिल्लामा भएको क्षति प्रति नेकपा अछामद्धारा दुख व्यक्त

'पिडितको उद्धार र राहत व्यावस्थापनमा अग्रसर हुन नेता कार्यकर्तालाई आग्रह'


‘पिडितको उद्धार र राहत व्यावस्थापनमा अग्रसर हुन नेता कार्यकर्तालाई आग्रह

अछाम । अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न ठाँउमा भएको क्षति प्रति नेकपा अछामले दुख व्यक्त गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा अछामले बर्षाले जिल्लामा पहिरो, खेतिबारी नष्ठ, बिधुत नहर, झोलुंगे पुल, भत्किएका लगायतका दुखद खबर आएको भन्दै दुख व्यक्त गरेको हो ।

जिल्लाका धेरै स्थानमा पहिरो आई बस्तीहरु जोखिममा रहेका र खेतीबारीमा क्षति पुगेको भन्दै नेकपा अछामले बिपतको घडिमा जिउधनको रक्षा, राहत व्यावस्थापन एवंम पहिरो नियन्त्रणमा आवश्यक कदम चाल्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।

बुधबार पार्टी अध्यक्ष शेरबहादुर कुवँर र सचिव झपट साँउदद्धारा जारी बिज्ञप्तीमा पिडितको उद्धार र राहत व्यावस्थापनमा अग्रसर हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।