योगेश रावल, कैलाली। जिल्लाको भजनी नगरपालिका–८ जनकपुरमा बुधबार बिहान बा’ढीमा बगे’र एक बालक बेप’त्ता भएका छन । आफन्तका अनुसार ९ वर्षका स्केल चौधरी बा’ढीमा ब’गेर बेप’त्ता भएका हुन ।
उनका काका कृष्ण चौधरीले पथरैया नदीबाट गाउँ पसेको बाढीले स्केललाई बेपत्ता बनाएको हो । उनी गाउँमा बाढी पसेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएको बताईएको छ ।
पथरैया नदीबाट गाउँ पसेको बाढीले सबैजसो घर डुबानमा पारेको छ । धेरैजसो स्थानीय बाढीमा फसेका छन । उनीहरुको अझै उद्दार हुन सकेको छैन । स्थानीयले घरमा भएको सबै खाद्यान्न बगाएको बताएका छन । भजनी नगरपालिकाका धेरैजसो वडाका बस्ती बाढीमा डुबेका छन ।
उद्दारमा सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवा जुटेका छन । पुथ्वीपुर प्रहरी चौकीका इञ्चार्ज चंख कठायतले लालबोझीका ६० जनालाई उद्दार गरेर विद्यालयमा राखिएको बताए । उनले कान्द्रा र मोहना नदीमा पानीको सतह बढिरहेकाले उद्दार कार्यमा निकै कठिनाई भैरहेको जानकारी दिए ।
यता सोनाहाफाँटा प्रहरी चौकीले उद्दार सामाग्री नभएका कारण बाढीमा फसेका व्यक्तिहरुको उद्दारमा समस्या भैरहेको बताए । त्यहाँ कार्यरत एक सुरक्षाकर्मीले बाढी पसेका बस्तीका बासिन्दालाई आफ्नै ढंगले सुरक्षित बस्न आग्रह गरिरहेको बताए ।
प्रतिक्रिया