मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी प्रवक्ताको जिम्मेवारी अछाम घर भएका एसएसपी कुवेर कडायतलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी अछाम घर भएका एसएसपी कुवेर कडायतलाई


काठमाडौं– नेपाल प्रहरीले प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कडायतलाई आज (बुधबार) देखि प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही एआईजीमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी कडायतलाई दिइएको हो।