मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउने महाधिबेशनमा सभापतिमा उम्मेदवारी दिन्छु : महामन्त्री कोइराला

आउने महाधिबेशनमा सभापतिमा उम्मेदवारी दिन्छु : महामन्त्री कोइराला


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बोलाएको भेलामा सहभागी भएपछि सञ्चारकर्मीसँग कोइरालाले भने, ‘म देशैभरका साथीहरूलाई मिलाएर लैजान सक्छु। त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु।’

उनले महाधिवेशनको नजिकै पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई कारबाही गर्नु गलत भएको बताए।

‘हामी पार्टीमा अन्य पार्टी छाडेर आउने साथीहरुलाई स्वागत पनि गर्दैछौं,’ उनले भने, ‘अर्कोतर्फ पार्टीमा योगदान दिएका नेताहरुलाई कारबाहीको डन्डा चलाउने काम पनि गर्दैछौं। यो राम्रो होइन।’