मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५२ पुग्यो


विराटनगर- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मोरङका पुरुषको आज (बुधबार) मृ’त्यु भएको छ। स्वास्थ्य कार्यालय, मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मोरङ, सुनवर्ती नगरपालिका-८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५२ पुगेको छ। यसअघि आजै पर्साका दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

१२ दिनअघि भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका उनी छातिमा समस्या देखिएपछि हिजो विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्न गएका थिए।

उनलाई सामान्य उपचारपछि त्यहाँबाट कोशी अस्पताल रेफर गरिएको थियो। हिजै कोशी अस्पताल भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको र त्यसक्रममा स्वाब संकलन गरिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो।