अछाम ।
मंगलसेन नगरपालिका १ काे कुन्ति स्थित चुकेअाम-तिर्खुलेनमा पहिराे लाग्दा गाउँ जाेखिममा परेकाे छ । बिगतदेखिनै निरन्तर गाउकाे पुछारबाट लागेको पहिराे केहिदिन देखिकाे अविरल वर्षाले पुनः पहिराे खस्न सुरु भएको हाे ।
पहिराेका कारण स्थानीय टेकराज नाथ, भावना नाथ, गंगा नाथ, राम नाथ र नरेन्द्र नाथकाे गरि ५ वटा घर उच्च जाेखिममा रहेकाे बताईएकाे छ । पहिराेले स्थानीयकाे करिब ५० राेपनि जग्गा १ फिट जति भासिएकाे छ ।
घर खेत रहेकाे जमिन समेत भासिएपछि कतिबेला पहिराले लिने हाे भनेर चिन्ता लाग्ने गरेकाे स्थानीय टेकराज नाथले बताउनुभयो । पहिराे नियन्त्रणका लागि तटबन्ध र बृक्षाराेपण गर्न जरुरी रहेकाे स्थानीय रामराज नाथले बताउनुभयो ।
ग्रामीण सडकहरुका कारण पहिराेकाे जाेखिम बढ्दै गैरहेकाले नियन्त्रणमा सराेकारवालाकाे ध्यान जानुपर्नेमा नाथकाे जाेड रहेकाे छ ।
प्रतिक्रिया