अछाम । लगातार परिरहेको अबिरल बर्षाले अछाम जिल्लामा थुप्रै क्षति गरेको छ । थुप्रै नदि तथा खोलामा रहेका घट्ट, लघु जलविधुत, खेतका सिचाई कुला तथा धान रोपिएका खेत नै बाढिले बगाएको छ ।
अविरल बर्षाले गर्दा थुप्रै गाउ टोल जोखिममा पर्नुका साथै बिदयालय तथा स्वास्थ्यका भवन तथा सार्वजनिक स्थलमा समेत क्षति पुगेको छ । यसैबिच अविरल बर्षाले मँगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा रहेको मँगला अाधारभुत विदयालयको मेसिनरी पर्खाल भत्किएको छ ।
२५ लम्बाई तथा १५ मिटर चौडाई पुरै भत्किएको बिदयालयका प्रधानाध्यापक भैरब बहादुर रावलले बताए । पर्खाल भत्किएपछि विदालयको शौचालय तथा भवनका समेत असर परेको उनले बताए। पर्खाल भत्किएपछि विदयालय प्रशासनले वडा कार्यालयलाई जानकारी गराईसकेकाले बाकि सहयोगका लागि नगरपालिकामा जानकारी गराईसकेको वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले बताए ।
कैलाशखोला, वलिगाउ हुदै जुपु, मगलसेनसम्मको नियमित अावातजावात हुने सडक समेत पर्खाल भत्किएपछि अबरुध्द भएकाले तत्काल मर्मत कार्यलाई अगाडि बढाई दिन सकेत नगरपालिकासग रावलले आग्रह गर्नु भएको छ । यसैबिच अबिरल बर्षाले कैलाशखोलाको देउतडा सिचाई कुलो समेत पुर्ण रुपमा बगाएको छ ।
फलाम लगाएत पाईपबाट ल्याईने सिचाई कुलाे बगाएको खबर रहेको छ । तत्काल २ लाखको सामाग्री भए मात्र मर्मत सम्भव भएको स्थानिय घनश्याम रावलले बताए। कुलो मर्मत नभए करिब एक हजार रोपनि खेत अागामि दिनमा बाझो रहने उनले बताए।
यस्तै यसअघि नियमित सन्चालनमा रहेको मगलसेन, वलिगाउ, जुपु, बान्नातोलि कालागाउसम्मको नियमित यातायात सेवा अबरुध्द भएको छ । ठाउठाउमा पहिरो आएपछि जिप, टयाक्टर, बाईक सहितका यातायातका साधन ठप्प रहेका स्थानियले बताएका छन ।
प्रतिक्रिया