मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिनेन्द्र रिजालको प्रश्न, सदासयता रामचन्द्र पौडेललाई कि युवालाई ?

मिनेन्द्र रिजालको प्रश्न, सदासयता रामचन्द्र पौडेललाई कि युवालाई ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा बुधबार ४७९ जनालाई मनोनयन गरेपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन् ।

सोही क्रममा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मिनेन्द्र रिजालले सामाजिक संजाल ट्वीटरमा ‘ब्याक टु ब्याक’ दुई वटा ट्वीट गरेका छन् । 

उनले पहिलो ट्वीटमा सोधका छन् कि सदासयता ज्येष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलप्रति कि युवाप्रति । उनले लेखेका छन्, ‘पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो अध्यक्षतामा रहने जेष्ठ राजनीतिज्ञ सभामा डडेलधुराका जेष्ठ राजनीतिज्ञ शेरबहादुर देउवालाई मनोनीत गरेर आसन्न महाधिवेशनका लागि तनहुँका जेष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलप्रति हो की युवाहरूका प्रति सदाशयता देखाउनु भएको हो घोत्लिदै छु।’

खरा र स्पष्ट वक्ता उनको यो ट्वीटले देउवा र पौडेल दुवै ज्येष्ठ राजनीतिज्ञ भएको स्पष्ट गर्छ । 

त्यस्तै दोस्रो ट्वीटमा उनले लेखेका छन्, ‘पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ। डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङ्गका तीन जना पर्नु भएछ । मोरङ्गका सबै अझै जवान भएर हो की ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो, अन्यमनस्क छु।’

यसले अहिले ज्येष्ठ नागरिक सभा गठन गरेर देउवाले आफ्ना विश्वासी सदस्यहरुलाई मनोनित गरेर आसन्न १४ महाधिवेशनको भोट बैंक बढाउन खोजेकोप्रति लक्षित गर्दछ । – हाम्राकुरा