अछाम ।
बाढी र पहिरोका कारण जिल्ला तथा प्रदेश र देशका अन्य ठाँउमा भएको क्षति प्रति नेपाली काङ्ग्रेस अछामले दुख व्यक्त गरेको छ । कांग्रेस अछामले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बिपद्का कारण जिल्ला तथा जिल्ला बाहिर ज्यान गुमाएका प्रति शोक व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरेको हो ।
कांग्रेस अछामका सभापति भरत कुमार स्वाँर र सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाद्धारा जारी बिज्ञप्तीमा बिपद्का कारण वेपत्ता भएकाहरको खोजी, राहत र उद्धारमा तदारुकक्ता देखाउन सम्बन्धीत निकायलाई माग गरिएको छ ।
विपतका कारण विस्थापित सबैको उद्धार, राहत तथा पुनः स्थापना लागि सक्दो कदम चाल्न संघिय र प्रदेश सरकार संग कांग्रेस अछामले जोडदार माग गरेको प्रवक्ता तिमिल्सैनाले बताए । बाढी र पहिरोले भएको क्षतिको विवरण एकिन गरी उचित राहत, भौतिक संरचना पुन निर्माण, अबरुद्ध बिद्युत तथा बाटो संचालन गर्न विज्ञप्ती माफर्त सरोकारवालाको ध्यानाकर्षण गरिएको उनको भनाई छ ।
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका आवश्यक तयारी तथा प्रबन्ध गर्न जिल्ला समन्वय समिति अछाम, स्थानीय प्रशासन र अछाम स्थित सबै १० वटै स्थानीय तह संग कांग्रेस अछामले अपिल गरेको छ ।
साथै यस प्राकृतिक बिपद्को समयमा राहत र उद्धारमा सहभागी हुन कांग्रेस अछामले आफ्ना पार्टी नेता कार्यकर्ता भातृ तथा सुबेच्छुक संघसंगठन र काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु आग्रह समेत गरेको छ । निरन्तर बर्षाका कारण जिल्लामा बाढी पहिरोको जोखिम रहेको भन्दै कांग्रेस अछामले सबै नागरिकलाई सर्तक रहन सुझाएको छ ।
विज्ञप्तिको पूर्णपाठ
प्रतिक्रिया