मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

देशमा आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर परीक्षण गरिएको छ। आज (बिहीबार) थपिएका संक्रमितसहित देशभर हालसम्म कोरोना पुष्टि हुनेको संख्या १८ हजार ५४७ पुगेको छ।

मन्त्रालयकाअनुसार देशभर जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसन र अस्पतालबाट २२७ जना डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको मन्त्रालयले जनाएको छ। काेराेना संक्रमणबाट नेपालमा हालसम्म ५२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।