मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट थप २ जनाको मृ’त्यु, दुबैको मृ’त्युपछि रिपोर्ट

नेपालमा कोरोनाबाट थप २ जनाको मृ’त्यु, दुबैको मृ’त्युपछि रिपोर्ट


वीरगन्ज- पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । दुबै जनाको मृत्युपछि मात्रै कोरोना पोजिटिभ रिपोर्ट आएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।निमोनीयाको जस्तै लक्षण देखिएर अस्पताल पुगेका उनको पीसीआर रिपोर्ट नआउँदै बिहीबार बेलुकी पौने ८ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनको साउन १५ गते बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको थियो भने प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएको थियो । यस्तै वीरगन्जको वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको पनि बिहीबार नै मृत्यु भएको हो ।

छपकैया स्थित घरमा एक्लै बस्दै आएका ती वृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । उनी बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरी टोलीले घरको मुल ढोका फोडेरभित्र पस्दा वृद्ध आफनै कोठामा मृत अवस्थामा भेटिएका थिए । उनको स्वाव संकलन गरेर स्वास्थयकर्मीले नारायणी अस्पतालमा पठाएका थिए । जसको रिपोर्ट राति १० बजे पोजिटिभ आएको हो । योसंगै वीरगन्जमा मात्रै कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने देशभर मृतकको संख्या ५४ पुगेको छ । – नेपाल समय