मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाश मानव अधिकार पुरस्कार बाजुरामा कार्यरत डा. विश्वकर्मालाई

प्रकाश मानव अधिकार पुरस्कार बाजुरामा कार्यरत डा. विश्वकर्मालाई


अछाम – यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार बिकट बाजुरा जिल्लामा कार्यरत डा. रुपचन्द्र विश्वकर्मालाई दिइने भएको छ। विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा कार्यरत विश्वकर्मालाई उक्त पुरस्कार दिने निर्णय भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले जनाएको छ।

पुरस्कारको राखि ५० हजार रुपैयाँ र सम्मान–पत्र छ। इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाइ एयर दुर्घटनामा नि’धन भएको थियो।

नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याएको योगदानको स्मरणलाई चिरस्थायी बनाउन इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको हो।

मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ।

यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भएको इन्सेकले जनाएको छ।