अछाम – जिल्लामा कम उमेरका बढी कोरोना संक्रमित रहेका छन् । स्वास्थ कार्यालय अछामका अनुसार १५ देखि २५ वर्ष उमेर समुहका २३५ जना संक्रमित रहेका छन् । अछाममा जन्मेदेखि १५ बर्ष उमेरका ७२ जना बालबालिकामा पनी कोरोना संक्रमण पुष्टि भएको छ ।
जन्मेदेखि ५ वर्ष उमेरका ३४ जना, ५ देखि १० वर्ष उमेरका २७ जना र १० देखि १५ वर्षका १४ जना रहेका छन् । २५ देखि ३५ वर्षका २०९ जना,३५ देखि ४५बर्षका ८३,४५ देखि ५५ वर्षका,५५ देखि ६५ बर्षका १५ र ६५ बर्ष माथिका ५ जना संक्रमित रहेका छन् ।
जिल्लामा १५ देखि २५ बर्ष उमेरका रोजगारीका लागी भारतमा जाने भएकाले बढी संक्रमित रहेका छन् । स्वास्थ कार्यालय अछामको तथाक अनुसार जिल्लामा ६५६ जना रहेकोमा ५२७ जना पुरुष र १२९ जना महिलाहरु रहेका छन् । हालसम्म ५८३ जना निको भएर फर्किएका छन् । ४ हजार २ सय ७५ जनाको स्वाब संकलन गरेकोमा ३ हजार १ सय ७० जनाको रिर्पाेट पोजेटिभ आएको छ ।
बाकी ३ सय जनाको रिर्पाेट आउन बाकी रहेको छ । जिल्लाका दश स्थानीय तह मध्ये साँफेबगर नगरपालिकाले ८९४,मेल्लेख गाउँपालिकाले ७४४,मंगलसेन नगरपालिकाले ६६४,चौरपाटी गाउँपालिका४३९, पञ्चदेव बिनायक नगरपालिका ४०७,रामारोशन गाउँपालिका २८६,बान्नीगढी जयगढ गाउँपालिका २६९,तुर्माखाद गाउँपालिका २३७,ढकारी गाउँपालिका २१० र कमलबजार नगरपालिका १२५ जनाको स्वाब संकलन परिक्षण गरेका छन् ।
साँफेबगर नगरपालिकामा संक्रमित १५६,निको १४१,मेल्लेख गाउँपालिकामा संक्रमित ११७,निको ९७, रामारोशन गाउँपालिकामा संक्रमित १०४,निको १०३,मंगलसेन नगरपालिकामा संक्रमित ६९,निको ६१,चौरपाटी गाउँपालिकामा ५३,निको ४९, पञ्चदेवल बिनायक नगरपालिका संक्रमित ४५,निको २१,बान्नीगढी जयगढ गाउँपालिका ३५,निको सबै ३५ जना,तुर्माखाद गाउँपालिकामा सक्रमित २३,निको सबै २३ जना, ढकारी गाउँपालिका संक्रमित २९,निको २८ र कमलबजार नगरपालिका २५ जनाको कोरोना संक्रमित रहेकोमा २५ जना नै निको भएर फर्किएका छन् । अछाममा कोरोना कारण एक जनाको मृत्यु भईसकेको छ ।
प्रतिक्रिया