मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृ’त्यु, मृतकको संख्या ५६

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृ’त्यु, मृतकको संख्या ५६


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार कोरोना संक्रमितको मृ’त्यु भएको जानकारी दिए । 

पर्सा श्रिपुर बस्‍ने ५६ वर्षका कोरोना संक्रमित पुरुषको मृत्य भएको छ । गत साउन ६ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । मुटुको समस्या देखिएपछि ति पुरुष नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा आइसियुमा भर्ना भएका थिए । अस्तपालमा उपचारको क्रममा साउन १५ राति मृत्यु भएको उनले जानकारी दिए ।

यसैगरी पर्सा जिल्लाका विगंञ्ज वडानम्बर १६ बस्ने ३५ वर्षका पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । ति पुरुषको साउन १५ गते गण्डक अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साउन १५ गते नै बिहान कोरोना पुष्टि भएको थियो तर ती पुरुषको सोही दिन बेलुका मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार ती पुरुषमा श्वासप्रश्वास समस्या देखिएपछि साउन ५ गते एक निजि क्लनिकमा उपचारका लागि गएका थिए ,उक्त क्लिनिकले कोरोनाको आशंकामा गण्डक कोभिड-१९ अस्पताल रिफर गरेको थियो । 

त्यसैगरी पर्साका छपकैया बस्‍ने ६५ वर्षका पुरुषको साउन १५ गते विहान मृत्यु भएको थियो । उनको मृत्यु पश्चात साउन १५ गते नमुना संकलन गरेर परीक्षण गर्दा बेलुका आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । पर्सा जिल्ला वडा नम्बर ११ स्थायी घर भइ हाल ललितपुर थसिखेल बस्ने ६५ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको उनले बताए । 

उनका अनुसार ती महिला ज्वरो खोकीको समस्या देखिएपछि स्टार अस्पतालमा भर्ना भएकी थिईन ।स्टार अस्पतालले  ति महिलामा साउन ६ गते ति महिलामा कोरोना पुष्टि भएपछि  पाटन अस्पताल रिफर गरेको थियो ।तर ति महिलाको उपचारको क्रममा साउन १६ (आज) गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । – बारह्खरी