मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका विभिन्न ठाउँमा सलहको झुन्डले बालीमा क्षति गरेपछि किसानहरु चिन्तित

अछामका विभिन्न ठाउँमा सलहको झुन्डले बालीमा क्षति गरेपछि किसानहरु चिन्तित


अछाम – जिल्लाका विभिन्न ठाउँमा सलह किराले बालीनाली खान थालेपछि किसान चिन्तामा परेका छन् । पछिल्लो एक हप्ता देखि जिल्लाका विभिन्न ठाउँमा सलह किरा देखा पर्न थालेकाे हाे ।

जिल्लाका बिनायक, कमलबजार, तुर्माखाँद, मंगलसैन लगायतका ठाउँमा सलहका झुन्ड देखिन थालेका छन् । अाफ्नाे क्षेत्रमा ३ दिनदेखि सलहका झुन्ड देखिन थालेकाे र बालीनाली समेत खान थालेकाे मंगलसैन नगरपालिका वडा नम्बर ६ का वडा सदस्य राजुदेवि भण्डारीले बताए ।

ठुलाे संख्यामा सलहका झुन्ड देखिन थालेका र बालीनालीमा क्षति गर्न थालेपछि किसानहरु समेत भाेकमरीकाे चिन्तामा परेका वडा सदस्य भण्डारीको भनाइ छ । सलहकाे झुण्ड गाउँमा पसेकाे र बालीनाली खाएर नाेक्सानी गर्न थालेकाे मंगलसैन ७ का स्थानीय नवीन बिष्टकाे भनाइ छ ।

ठुलाे संख्यामा सलहकाे झुन्ड अामाशभरी देखिन थालेका र बालीनालीमा समेत नाेक्सानी गर्न थालेका बिष्टको भनाइ छ । केही दिन अघि जिल्लाका कुईका, विनायक लगायतका क्षेत्रमा पनि सलह देखिएकाे थियाे ।

सलह किरा दैलेख हुँदै अछाम जिल्ला प्रवेश गरेकाे पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटाले बताउनुभयो । सलहले मकै, काेदाे, धान लगायतका बालीनालीमा क्षति गर्न थालकाे छ । सलह अाकाशभरी देखिन थालेकाे छ ।

सलह भगाउन स्थानीयले हाेहल्ला गर्ने, अागाे बालेर धुँवा निकाल्ने लगायतका कार्य समेत गर्न थालेका छन् । मकै तथा धान छर्ने बेलामा समेत अछाममा अमेरिकी फाैजी किरा र फेदकटुवा किराले प्रकाेपकाे रुप लिएको थियाे । धेरै ठाउँका किसानहरुले दुईपटक सम्म मकै लगाएका थिए ।