मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७२ प्रतिशत कोरोना संक्रमणमुक्त, संक्रमण शून्य जिल्ला ६

७२ प्रतिशत कोरोना संक्रमणमुक्त, संक्रमण शून्य जिल्ला ६


काठमाडौं । गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ ।    

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडाँैमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५-१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन-तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई-दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भएको बताए ।

मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । 
भोजपुर, सङ्खुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ सङ्क्रमण शून्य रहेको छ । – रासस