मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भालु आतं’क : एकैदिन तीन जना घाइ’ते

अछाममा भालु आतं’क : एकैदिन तीन जना घाइ’ते


अछाम – जिल्लामा एकैदिन फरकफरक स्थानमा भालुको आक्र’मणबाट तीन जना घाइ’ते भएका  छन्। शुक्रबार जिल्लाको रामारोशन गाउँपालिका –६ भाटाकाटीया स्थित तुर्सानी समुदायिक वनमा भालुले आक्र’मण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइ’ते भएका छन्। 

दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्र’मणबाट उनीहरुको शरिरमा चो’ट लागेकाले अवस्था ग’म्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइ’ते दुवैलाई प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल ल्याएको अछाम प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए। 

यस्तै शुक्रबार नै साढे १२ बजेतिर रामारोशन गाउँपालिका –५ छडिखोलाको जंगलमा घाँस, दाउरा काटने क्रममा भालुले ५५ वर्षीय भैरे बटलामाथि आक्र’मण गरेको छ।

उनको समेत प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल थप उपचारका लागि ल्याएको सूचना अधिकारी अवस्थीले बताए। उनको अवस्था पनि ग’म्भीर रहेको बताइएको छ।