मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण


काठमाडौँ । सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको सांसद यादव स्वयंले जनाएका छन् । 

“मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसुलेट गरेर अहिले आराममा छु,” उनले सामासजिक सञ्जालमा उल्लेख गरेका छन्, “आआफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ ननिस्किन र समाजिक दूरी कायम राख्न सबैमा यतिबेला गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष वीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी गराउँदै उक्त क्षेत्रमा पाँचसय सैयाको अस्पताल, बिज्ञ टोली पठाउन, समुदायमा परीक्षणको दायरा बढाउन साधन र जनशक्ति उपलब्ध गराउन तथा सीमामा आवतजावत रोक्न लागायत माग गरेका छन् । 

उनले सरकारबाट सकारात्मक संकेत प्राप्त भएको भन्दै स्वास्थ्य मन्त्रीसँग पनि सम्वाद गरेको बताएका छन् ।