मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुप सहित पाँच प्रदेशमा भा’री व’र्षाको सम्भावना

सुप सहित पाँच प्रदेशमा भा’री व’र्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही   स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बाँकी स्थानमा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

विभागले आज राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा हिरो रातिदेखि नै पानी परिरहेको छ ।