मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोबाट एकैदिन ८ जनाको मृ’त्यु, ४ बेप’त्ता

बाढीपहिरोबाट एकैदिन ८ जनाको मृ’त्यु, ४ बेप’त्ता


काठमाडौँ – हिजो शुक्रबार देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपतका घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । गुल्मीमा पाखोबाट खसेको ढुंगाले घर पुरिँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ। त्यसैगरी कालिकोट र कैलालीमा दुई–दुई जनाको मृत्यु भएको छ।

रूपन्देहीमा दुई तथा रुकुम पश्चिम र जाजरकोटमा एक–एक जना बेपत्ता भएका छन् । शुक्रबार साँझ पाखोबाट खसेको ढुंगाले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ आटीपाटाका राजु माझीको घर भत्किँदा उनकी पत्नी ३० वर्षीया विना, छोराहरू १० वर्षका सागर र सात वर्षका हेमन्त तथा १० महिनाकी छोरी विनिताको मृत्यु भएको छ।

साँझ करिब आठ बजेतिर विनाले खाना पकाउने तयारी गरिरहेका बेला घरमाथिको पाखोबाट ठूलो ढुंगा खसेको थियो । ढुंगाले घर किच्दा घरभित्र रहेका आमासहित दुई छोरा र एक नाबालक छोरीको मृत्यु भएको हो। राजु भने रोजगारीका सिलसिलामा विदेशमा छन् ।

उता, कालिकोटको पलाँता गाउँपालिका–८ दाम्रीमा कुलो मर्मत गर्ने क्रममा खसेको पहिरोमा पुरिएर २४ वर्षीय कमल रोकायको मृत्यु भएको छ । ६० वर्षीय पुन्न रोकाय र २६ वर्षीय नैन रोकाय घाइते भएका छन् । त्यस्तै, रास्कोट नगरपालिका– १ चडिपानीकी ६० वर्षीया घन्टी भण्डारीको घाँस काट्न जंगल गएको वेला खसेको पहिरोमा पुरिएर मृत्यु भएको छ।

कैलालीमा बुधबार बाढीले बगाएका दुई जनाको शव भेटिएको छ । भजनी नगरपालिका–८, काँढाका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विकको शव शुक्रबार दिउँसो फेला परेको हो। उनीहरू बुधबार बिहान हुलाकी राजमार्गमा आएको बाढीमा बगेका थिए ।

यस्तै, रूपन्देहीको तिनाउ खोलामा बगेर शुक्रबार दिउँसो दुई बालिका बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा स्थानीय १९ वर्षीय हरि दर्जी बगेका छन्। शुक्रबार नै रूपन्देहीकै सियरी गाउँपालिका–३ जगहताका गोपालमणि चौधरीकी छोरी ६ वर्षीया ज्योति चौधरी नुहाउने क्रममा डुबेर बेपत्ता भएकी छिन् । बाख्रा चराउन गएको वेला तिनाउ खोलामा नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ।

शुक्रबार नै रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर सानीभेरी गाउँपालिका–९, राङजाका १२ वर्षीय जनार्दन खड्का बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, जाजरकोटको भेरी नगरपालिका–७ दोकानामा शुक्रबार खसेको पहिरोमा पुरिएर स्थानीय १२ वर्षीय खिमबहादुर परियार बेपत्ता भएका छन् । पहिरोमा च्यापिएर अर्का १२ वर्षीय प्रदीप विक घाइते भएका छन्। – नेपालसमयय