अछाम । मंगलबार आएको बाढी पहिरोले रामारोशन गाउँ पालिका वडा न ५ को अल्याडी गाउँ नै उच्च जोखिममा रहेको छ । त्यस क्षेत्रका करिब दुई हजार भन्दा बढी जनसंख्या रहेको गाउँ पहिरोले पुरै गाउँ छिया छिया बनाएको बताईएको छ ।
उक्त ठाँउमा ४२ घर परिवार घर छाड्न बाध्य भएका छन् भने वडा न ५ कै नेटाकोटमा ४ र जिउनेरामा ३ घर पवरिवाले घर छोडेका छन, पालिकाको वडा न ४ बाटुलासेनमा पनि १ घर पुर्ण रुपमा क्षति भएको, बाकी २१ घर पनि उच्च जोखिममा रहेका छन र १६ घर परिवारले घर छोडेका छन् ।

वडा न ६ को भटाकाटियामा २ घरमा क्षति पुगेको छ भने पहिराले रामारोशन गाउँ पालिकाका सयौं घरमा क्षेति पुग्नुका साथै थुप्रै खेति योग्य जमिनलाई बगर बनाएको छ । बाढीले रामारोशन क्षेत्रका ६ झुलङ्गे पुल, ५ जलविद्युत परियोजना, ३० भन्दा बढी पानी घट्ट १४ खानेपानीका मुहान र ६ वटा सिचाइ कुलो पुर्ण रुपमा क्षति पुगेको छ ।
बाढीले गर्दा अल्याडी, जेठरी बालसैन र कैलाश खोला आसपासका बजार र बस्ति उच्च जोखिममा रहेकाले तत्काल राहत उदार तथा व्यवस्थापन का लागि सबै सरकार र निकायको ध्यान जान आवश्यक रहेको गाउँ पालिका उपाध्यक्ष रावलको भनाई छ । हाल बाढी पहिलोले ४ सय भन्दा बढी मानिस घर विहिन भएर गोठ खरक र अरुको घरमा बस्न बाध्य भएका छन भने थप विवरण समेत आउन बाकि रहेको कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिए ।

बाढी पहिरोले पुरयाएको क्षतिको रामारोशन गाउँ पालिकाको सर्वदलीय सर्वपक्षीय टोलि बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ । मंगलबार भारी वर्षा संगै आएको बाढी पहिरोबाट जोखिम बस्ती र क्षेतिको टोलीले अनुगमन गरेको टोलीमा सहभागी कांग्रेस युवा नेता एवम् नेविसंघ जिल्ला सदस्य पुष्प बिष्टले जानकारी दिए ।
गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको टोलिले सबैभन्दा भन्दा बढि बाढी पहिरो प्रभावित क्षेत्र वडा ५ को अल्याडी, सडेगडा, नेटाकोट, जिउनेरा, वडा न ४ को भेरगाउं, जेठरी, बालसैन, हुडेतोला, घट्टे खोलाको स्थलगत अनुगमन गरेको हो । टोलीले खालबजार, पुलबजार, मुजाबगर लगायतका क्षेत्रमा समेत अनुगमन गरेको नेसिबंघ अछामका नेता पुष्प बिष्टले बताए ।

अनुगमन टोलीमा नेकपा जिल्ला सचिवालय सदस्य चक्र बहादुर रावल, नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, नेकपा रामारोशन गाउँपालिका अध्यक्ष कम्मान साउद, सचिव पदम शाह, नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव गोपिप्रसाद खनाल, रामारोशन गाउँ पालिका प्रविधिक निराजन रोकाया प्रहरी चौकि शान्तडाका हवल्दार भुवन पाल सहित दुई प्रहरी जवानको सहभागीता रहेको थियो ।
बाढी पहिलो गर्दा थुप्रै ठाउँ क्षेति भएकाले प्रभावित क्षेत्रमा जान पनि निकै कठिन भएको रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलले सुदूरआजलाई बताईन । अनुगमन टोलिले श्रावण १३ गते आएको अविरल बर्षाले रामारोशनमा भएको सबै क्षेतिको विवरण समेत संकलन गरेको छ ।





















प्रतिक्रिया