अछाम – जिल्लामा आज २८ जना थप कोरोना पुष्टि भएको छ ।
स्वास्थ कार्यालय अछामका अनुसार मंगलसेन नगरपालिका ३ महिला ३ पुरुष गरी ६ जना, पञ्चदेवल बिनायक नगरपालिकाका १ महिला, ४ पुरुष गरी ५ जना, रामारोशन गाउँपालिकाका १६, जना पुरुष गरी २८ जनामा आज कोरोना पुष्टि भएको हो ।
जिल्लामा यो सगै संक्रमितको संख्या ६ सय ५ पुगेको छ । स्वास्थ कार्यालयको तंथाक अनुसार हालसम्म ५ सय ९ जना कोरोना निको भएर घर फर्किएका छन् ।
आईतवार एक सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया