मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घटनामा परी प्रदेशसभा सदस्य ग’म्भीर घा’इते

मोटरसाइकल दुर्घटनामा परी प्रदेशसभा सदस्य ग’म्भीर घा’इते


धनगढी – सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्य अम्बि कुमारी थापा मोटरसाइकल दुर्घ’टनामा परी ग’म्भीर घा’इते भएकी छन्। शनिबार धनगढी उप–महानगरपालिकाको वडा नम्वर ८ बुद्ध चोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठ’क्कर दिँदा दुर्घ’टना भएको थियो।

थापाको टाउकोमा चो’ट लागेको प्रहरीले जनाएको छ। उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन सकेन।

धनगढीस्थित माया मेट्रो अस्पतालका चिकित्सकले टाउकोमा गम्भीर चोट लागेकाले ब्रेनमा रगत जम्न सक्ने भन्दै ‘रिफर’ गरेपछि काठमाडौं लगिएको छ।

उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले जानकारी दिए।

प्रदेशसभा सदस्य थापा नेपाली कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।