मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५७ पुग्यो

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५७ पुग्यो


काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५७ पुगेको छ।

पछिल्लो पटक वीरगंजमा कोरोना संक्रमणबाट एक महिलाको मृ’त्यु भएको छ। वीरगंजकी ६८ वर्षीया महिलाको शनिबार मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ज्वरो, खोकी, तथा श्वासप्रश्वासको समस्याका कारण साउन १४ गते बयोधा अस्पतलामा भर्ना भएकी महिलाको साउन १६ गते कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था थप जटिल भएपछि १७ गते बेलुका नारायणी कोभिड अस्पतल रिफर गरिएको थियो। तर अस्पताल नपुर्याउँदै उनको बाटैमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उनी मधमेुेह तथा उच्च रक्तचापको बिरामी रहेको मन्त्रालयले जनाएको छ।