काठमाडौं– नेपालमा सोमबार सम्म १४ हजार ९६१ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१ प्रतिशत हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा तीन हजार १७६ जना, बागमतीमा ५४३ जना र गण्डकीमा एक हजार ३३० जनाले कोरोना भाइरस जितेका छन्।
यसैगरी प्रदेश ५ मा चार हजार ६६ जना, कर्णाली प्रदेशमा एक हजार ७२३ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार तीन हजार २४८ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
प्रतिक्रिया