काठमाडौं । भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृ’त्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।
मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृ’त्यु भएको छ ।
लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।
भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।
प्रतिक्रिया