मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना पुष्टि हुनेको संख्या २१ हजार ३९०

नेपालमा कोरोना पुष्टि हुनेको संख्या २१ हजार ३९०


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ३९० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३५९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४ लाख १२ हजार ९५३ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर क्वारेनिटानमा रहेका व्यक्तिको संख्या ९ हजार ९२५ रहेको छ। पछिल्लो २४ घण्टामा देशभरबाट १३० जना डिस्चार्ज भएका छन्।

हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यो ७० दशमलब ८ प्रतिशत हो।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ। सक्रिय संक्रमितमा हाल प्रदेश १ मा ३१२, प्रदेश २ मा २ हजार ६२२, बागमती प्रदेशमा ७८५, गण्डकी प्रदेशमा २७२, प्रदेश ५ मा ३४०, कर्णाली प्रदेशमा २९२ र सुदूरपश्चिममा १ हजार ५५१ जना रहेका छन्।

हालसम्म नेपालमा कोरोनाबाट ६० जनाको मृत्यु भइसकेको छ।