मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् ‘मदन पुरस्कार २०७६’ मा पर्न सफल उत्कृष्ट ७ पुस्तक !

यी हुन् ‘मदन पुरस्कार २०७६’ मा पर्न सफल उत्कृष्ट ७ पुस्तक !


काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारबाट पाउने सम्भावित सात पुस्तकहरुको नाम सार्वजनिक गरेको छ । यस वर्ष यिनै सात पुस्तकबाट एउटाले मदन पुरस्कार पाउनेछ ।

गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘मदन पुरस्कार २०७६’ मा पर्न सफल सात पुस्तकको नाम सार्वजनिक गरेको हो । पुरस्कारका लागि २०७६ मा प्रकाशित जम्मा १५१ पुस्तक गुठीलाई प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्राप्त १५१ पुस्तकमध्येबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई बुझाएको हो । छनोटमा परेका यी पुस्तक मध्ये एउटालाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ ।

मदन पुरस्कारको उत्कृष्ट सात पुस्तकमा विमल निभाको ‘जोकरको बन्दुक’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’,  तीर्थ श्रेष्ठको ‘ धर्सैधर्साको चक्रव्यूह’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १-३)’, चन्द्रप्रकाश बानियाँको ‘ महारानी’, ललित विष्टको ‘ मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ परेका छन् ।