अछाम – जिल्ला ट्राफिक कार्यालय अछामले गत आर्थिक बर्षमा २२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले तीन हजार ८ सय ७५ ओटा सवारी साधन कारबाहिबाट सो रकम संकलन गरेको हो। कारबाही परेका सवारी साधन मध्ये सिटबेल्ड नभएका, ओभर लोड गरि चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारवाही गरिएको हो।
यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय साँफेबगरले जनाएको अछामका प्रमुख विक्रम चन्दले जानकारी दिए। कार्यालयले गत साउनमा तीन सय २९ ओटा सवारी साधनलाई कारबाहीबाट १ लाख ७६ हजार पाँच सय रुपैयाँ, भदौमा तीन सय २८ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ० हजार रुपैँया र असोज महिनामा चार सय ९५ ओटा सवारी साधनलाई कारबाहीबाट २६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
यस्तै कार्तिकमा सात सय एक सवारी साधनलाई कारबाहीबाट ९२ हजार पाँच सय रुपैयाँ, मंसिरमा चार सय ३६ ओटा सवारी साधनलाई कारबाहीबाट दुई लाख ४१ हजार रुपैयाँ, र पुष महिनामा दुई सय ६३ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ४ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यलय प्रमुख चन्दले जानकारी दिए । कार्यालयको तथ्यांक अनुसार माघ महिनामा तीन सय ४ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ७३ हजार पाँच सय रुपैयाँ, फागुन महिनामा तीन सय २८ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ७८ हजार रुपैयाँ र चैत्रमा एक सय ४२ ओटा सवारी साधनलाई कारबाहीबाट ० हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ।
यस्तै बैशाख महिनामा ४३ ओटा सवारी साधनलाई कारबाही गर्दा ३२ हजार पाँच सय रुपैयाँ, जेठ महिनामा २ सय २२ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ७५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जनाईएको छ। कार्यालयले आर्थिक बर्षको अन्तिम महिना असारमा २ सय ६६ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ८३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ।
जिल्ला ट्राफिक कार्यालय अछामले तीन बर्ष पहिले दश लाख ६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको थियो। कार्यलयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा १६ लाख ६ हजार ५ सय रुपैयाँ र आर्थिक बर्ष ०७६/७७ मा २२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ। कार्यालयले चालकको स्वास्थ्य परिक्षण दुई पटक, ओभर ट्याक सम्बन्धि कक्षा एक पटक, र नयाँ सवारी चालकलाई जनचेतनामुलक कार्याक्रम गर्दै आएको छ। यस्तै कार्यालयले समुदाय प्रहरी साझेदारी कार्याक्रम, विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायि, चालक, परिचालकहरुसंग दुर्घटना सम्बन्धि कार्यक्रम गर्दै आएको छ।
प्रतिक्रिया