मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृ’त्यु

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृ’त्यु


काठमाडौं, साउन २१ :  कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ। 

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही मलंगवा नगरपालिका–६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो।

साउन १६ गते मनमोहन अस्पतालबाट रिफर भएर सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएकी ती वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

ज्वरो आएपछि सुरुमा ती वृद्धा स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना भएकी थिइन्। तर, ठीक नभएपछि थप उपचारका लागि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्धाको शव व्यवस्थापन गर्ने तयारी नेपाली सेनाले गरिरहेको छ।