मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहिबार देखि जोरविजोर प्रणाली लागु, राति ९ बजे देखि हिँडडुलमा रोक

बिहिबार देखि जोरविजोर प्रणाली लागु, राति ९ बजे देखि हिँडडुलमा रोक


काठमाडौं : कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भोली देखि जोरविजोर प्रणाली लागू गरेको छ। 

काठमाडौं उपत्यका सहित २ सय भन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा जोरविजोर प्रणाली लगाउने निर्णय गरेको हो। यस्तै, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाएको छ । 

मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तीमा उपत्यका प्रवेश गर्ने अत्यावश्यक भन्दा बाहेकका  सवारी साधनलाई बेलुका ७ बजे दखि विहान ७ बजेसम्म रोक लगाउने निर्णयलाई प्रभावकारी बनाउने निर्णय गरिएको उल्लेख छ।

सरकारले गत असार २६ असारबाट निजी सवारी साधनको जोरविजोर हटाएको थियो र उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र लागु हुनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । तर कोरोना भाइरसको संक्रमण वढ्दै गएपछि सरकारले पुन जोरविजोर प्रणाली लागु गरेको हो ।