मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बिसीको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न सबैलाई पूर्व अध्यक्ष तिमिल्सैनाको आव्हान

पत्रकार बिसीको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न सबैलाई पूर्व अध्यक्ष तिमिल्सैनाको आव्हान

पत्रकार बिसीको उपचारका लागि आर्थिक संकलन गर्न जिल्ला स्थित सबै संचारकर्मी तथा संघसंगठनको एकमत


“पत्रकार बिसीको सहयोगका लागि आफु र आफ्नो संगठन तत्पर छ : सहसंयोजक बुढा”

अछाम ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष बेद प्रकाश तिमिल्सैनाले संचारकर्मी धु्रव बिसीको जीवन रक्षाका लागि सबैले आर्थिक सहयोग गर्न अपिल गरेका छन् । महासंघ अछामका बर्तमान सल्लाहकार समेत रहेका तिमिल्सैनाले संचारमर्की बिसी अप्ठेरो परिस्थितीमा दुबै मृगौला फेल भएर उपचारार्थ रहेकोले उनको सहयोगका लागि लाग्न आग्रह गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको जुम बैठकमा बोल्दै तिमिल्सैनाले जिल्ला स्थित पत्रकार महासंघ र सबैे संघसंगठन, नागरिक समाज तथा अन्य सामाजिक संघसंस्थालाई सहयोग गर्न आग्रह गर्नुभएको छ । नेपालमै पत्रकरको आर्थिक अवस्था दयनिय रहेका बेला अछाम जस्तो दुर्गम ठाँउको स्थित कस्तो हुन्छ सहजै अनुमान गर्न सकिन्छ पुर्व अध्यक्ष तिमिल्सैनाले भने यस्तो अवस्थामा सबै तह र तप्काबाट आर्थिक जुटाउन तर्फ लाग्नुको बिकल्प छैन ।

यतिबेला हामी सबैको कर्तव्य भनेको संचारकर्मी बिसीको जीवन रक्षा गर्नु हो मृगौला प्रत्यारोपणमा ठुलो रकम लाग्छ त्यसैले महासंघ अछामले अग्रसरता लिएको छ यसमा हातेमालो गर्दै स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई समेत सहयोगका लागि आव्हान गरौँ तिमल्सैनाले भने ।

महासंघ अछाम शाखाका अध्यक्ष खम्म खत्रीको अध्यक्ष्तामा भएको बैठकमा उपस्थित प्रेस संगठन नेपाल अछामका सह संयोजक कृष्ण बुढाले आफु र आफ्नो संगठन संचारकर्मी बिसीको सहयोगका लागि तत्पर रहेको उल्लेख गरे । साथै उनले संगठनले एक चरणको बैठक गरिरेको भन्दै आगामी दिनमा फेरी बैठक गर्दै महासंघ अछामले थालनी गरेको सहयोग अभियानमा सहयोग रकम जुटाउन तर्फ लाग्ने प्रतिबद्धता जनाए ।

महासंघले संकलन अभियानको नेतृत्व लिदाँ एकद्धार प्रणाली पनि कायम हुने भन्दै बुढाले यसमा सबैले साथ दिनुपर्ने बताए । यस्तै नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका सचिव सुशिल भण्डारीले संचारकर्मी बिसीको जीवन रक्षाका लागि युनियन महासंघ संगैँ सहकार्य गर्दै अघि बढ्ने र युनियनले सक्दो सहयोग गर्ने उल्लेख गरे ।

अध्यक्ष खम्म खत्रीले महासंघ अछामले सहयोग अभियान थालिन गर्ने यस कार्यमा सबैको सहयोगको अपेक्षा रहेको बताए । साथै उनले पत्रका महासंघ केन्द्र र प्रदेशलाई समेत सहयोगका लागि आग्रह गर्ने महासंघ केन्द्र मार्फत अन्य निकायलाई पनि सहयोग माग गरिने बताए ।

बैठकमा सहभागी अन्य संचारकर्मीले पनि बिसीको उपचारमा सहयोग पुर्याउन सबैले आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकको संचालन पत्रकार महासंघ जिल्ला शाखा अछामका सचिव होम साउँदले गरेका थिए ।