मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा भारत तथा तेस्रो मुलुकबाट आउने ब्यक्तिलाई नगरको क्वारेन्टाईनमा राखिने

मंगलसेनमा भारत तथा तेस्रो मुलुकबाट आउने ब्यक्तिलाई नगरको क्वारेन्टाईनमा राखिने


फाइल फोटो

अछाम – मंगलसेन नगरपालिकाले आगामि दिनमा भारत तथा तेस्रो मुलुकबाट नगर क्षेत्र भित्र आउने नागरिकलाई मंगलसेनमै क्वारेन्टाईनमा ब्याबस्थापन गरि राख्ने भएको छ ।

नगरका १४ वटै वडामा रहेका विद्यालयमा बनाईएका क्वारेन्टाईनलाई खालि गरेर मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित कृषि ज्ञान केन्द्रको भवनलाई नगरस्तरिय क्वारेन्टाईन स्थलको रुपमा ब्यबस्थित गरि सोही स्थानमा राखिने नगरपालिकाले विज्ञप्तीमा मार्फत जानकारी गराएको छ ।

विद्यालयहरुलाई क्वारेन्टाईन मुक्त बनाउने नेपाल सरकारको निति अनुरुप नगर क्षेत्र भित्रका क्वारेन्टाईन स्थापना गरेका सम्पुर्ण विद्यालयहरुलाई मुक्त गरिएको समेत नगर प्रमुख पदम बहादुर बोहराद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

बिज्ञप्ती मार्फत आगामि दिनमा भारत तथा तेश्रो मुलुकबाट नगर क्षेत्र भित्र आउने ब्यक्तिहरुलाई कृषि ज्ञान केन्द्रको भवनमा सुरक्षित रुपमा बसेर कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरिएको छ ।

साथै प्रेस बिज्ञप्ती मार्फत आम नगरवासिहरुले गाँउघरमा हुने सामाजिक, सास्कृतिक कार्य तथा मेला पर्वमा सहभागि हुदा तथा कार्यालय एँव बजार क्षेत्रमा आवातजावात गर्दा स्वास्थ्य सुरक्षाका सामाग्री मास्क, सेनिटाईजरको अनिवार्य प्रयोग गरि भौतिक दुरि कायम गर्दै आफ्ना दैनिक क्रियाकलाप संञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।