मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं– नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सर्लाही, धनुषा र सप्तरीका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ। ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कोशी अस्पताल लगिएको थियो । साउन २१ गते उनको मृत्यु भएको हो।

त्यस्तै मोरङकै विराटनगर महानगरपालिकाका ४५ वर्षका पुरुषको पनि २१ गते नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनको पनि कोशी अस्पतालमा मृत्यु भएको हो ।

उता, सर्लाहीकी ६५ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । साउन २१ मा बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा उनको मृत्यु भएको हो ।

त्यस्तै धनुषा जिल्लाकी ७२ वर्षिया एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार साउन १७ गते ओम अस्पताल काठमाडौंमा उनको मृत्यु भएको हो । उनी दम, उच्च रक्तचाप, मधुमेह र निमोनियाबाट ग्रसित थिइन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सप्तरीमा पनि ४२ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

साउन २१ मा उनको मृत्यु भएको हो । योसँगै नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।