मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालमा कार्यरत डाक्टरलाई देखियो कोरोना

वीर अस्पतालमा कार्यरत डाक्टरलाई देखियो कोरोना


काठमाडौं- काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई लाई कोरोना पुष्टि भएको छ।

इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ। हाल उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन्।

यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको थियो। डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन्।